२५ असोजमा विमानस्थलबाट होटल सोल्टीतर्फ जाँदै चिनियाँ राष्ट्रपति सी को सवारी। तस्वीरहरू: गोपेन राई ।

चिनियाँ राष्ट्रपति आइपुग्दा विमानस्थलदेखि सोल्टी होटलसम्म करीब ७० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउने कार्यक्रम तय थियो । नेपाली र चिनियाँ दुवै सुरक्षा अधिकारीहरुले सवारीमा यसलाई ‘अकाट्य नियम’ झैं बनाएका थिए ।
उच्चपदस्थहरुको भ्रमणमा सवारी कुन गतिमा चलाउने भन्ने कुरा निकै महत्वपूर्ण मानिन्छ । सुरक्षाका कारण पूर्वनिर्धारित गतिमा थोरै पनि तलमाथि गर्न नहुने मान्यता हुन्छ । चिनियाँ राष्ट्रपति विमानस्थलबाट होटल आउँदा, होटलबाट शीतलनिवास पुग्दा र शीतलनिवासबाट होटल फर्कंदा यो नियम हुबहु पालना भयो ।

तर, होटलबाट विमानस्थल जाँदा भने अचानक यो नियम पालना गरिएन । कतिसम्म भने फर्कंदा चिनियाँ राष्ट्रपतिको सवारी प्रतिघण्टा ४०–४५ किलोमिटरको गतिमा मात्र चलाइयो । यस्तो किन त ?

२६ असोजमा स्वेदश फर्कने क्रममा होटल सोल्टीबाट त्रिभुवन विमानस्थलतर्फ चिनियाँ राष्ट्रपतिको प्रस्थान।

चिनियाँ राष्ट्रपति आउँदा र फर्कंदा चलाइएको सवारीको गति फरक भएको स्वीकार गर्दै निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले भने, “आउँदा साँझ परेको थियो, सुरक्षाका कारण चाँडो सवारी चलाउनुपर्ने थियो ।” उनले फर्कंदा भने त्यस्तो अबस्था नरहेको बताए । एआइजी कार्कीले भने, “सुरक्षा व्यवस्था राम्रो थियो, महामहिमज्यूले सडक किनारमा विदाई गर्न लामबद्ध सर्वसाधारणको हस्पिटालिटी हेर्न चाहेर पनि हो कि !”

कार्कीले संकेत गरे झैं चिनियाँ राष्ट्रपति सडक किनारमा विदाईका लागि लामबद्ध नेपालीलाई हेर्न चाहन्थे । यसको तयारी भने सोल्टी होटलमा राजकीय रात्रिभोज सम्पन्न भएलगत्तै शुरू गरिएको थियो ।

उच्च सरकारी स्रोतका अनुसार रात्रिभोज लगत्तै आफ्नो ‘सुइट’मा फर्केका राष्ट्रपति सीले आफूलाई दिइएको उच्च सम्मानका लागि आफ्नो तर्फबाट धन्यवाद सुनाइदिन चिनियाँ विदेश मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’मार्फत् परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई खबर गर्न लगाएका थिए । सोही राति नै सीले गरेको अर्को काम पनि थियो, जुन बाहिर आएन । “महामहिमज्यूले चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई बोलाएर ‘तपाईंहरुले आजका कार्यक्रम प्रत्यक्ष प्रशारण गर्नुभो ?’ भनेर सोध्नुभएछ, उनीहरुले गरेनौं भनेपछि भोलि जसरी पनि प्रत्यक्ष प्रशारण गर्नू भन्नुभएछ”, उच्च सरकारी स्रोतले भन्यो, “चिनियाँ सञ्चारमाध्यमले उहाँको फिर्ती सवारीलाई प्रत्यक्ष प्रशारण गरुन् भनेर विमानस्थलसम्म जाँदा सवारीको गति पनि कम गर्न लगाइएछ ।”

स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिले नेपाली अधिकारीहरुसमक्ष ‘नेपालीको हाँसोमा कुनै छलकपट नदेखेको’ भन्दै पटकपटक प्रशंसा गरेका थिए । “नेपालीको हाँसो बनावटी छैन, यो हाँसो प्रत्यक्ष प्रशारण गरेर चिनियाँ जनता र संसारलाई देखाउनू भनेर उहाँले आफ्नो देशका सञ्चारकर्मीहरुलाई भनेको जानकारी हामीले पाएका छौं”, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

राष्ट्रपति सीको यस्तो निर्देशनपछि हायलकायल बनेका चिनियाँ सञ्चारकर्मीहरुले रातभरको दौडधुपपछि बल्लतल्ल प्रत्यक्ष प्रशारण गर्ने चाँजोपाँजो मिलाएका थिए । त्यसको व्यवस्थापन भने नेपाल प्रहरीले गरिदिएको थियो । “राष्ट्रपतिको फिर्ती सवारीका क्रममा चिनियाँ सञ्चारकर्मीहरु प्रहरीको एउटा गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो, त्यहीकारण उनीहरुले होटलदेखि विमानस्थलसम्म सवारी हुँदा प्रत्यक्ष प्रशारण गर्न सके”, स्रोतले भन्यो ।

"> चिनियाँ राष्ट्रपतिले फर्कने बेला भनेका थिए– 'मेरो सवारी ढिलो चलाउनू': Dekhapadhi
चिनियाँ राष्ट्रपतिले फर्कने बेला भनेका थिए– 'मेरो सवारी ढिलो चलाउनू'
काठमाडौं । २५ असोजमा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ २६ असोजमा स्वदेश फर्कंदा भने थोरै पनि हतारोमा थिएनन् ।

काठमाडौं आइपुगेका दिन निकै व्यस्त रहेका चिनियाँ राष्ट्रपतिले फर्कने बेला भने आफूलाई पुरै फुर्सदिला झैं देखाए । जस्तो कि, आफू बसेको होटल सोल्टी क्राउन प्लाजाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गर्न उनले पूर्वनिर्धारित कार्यक्रम भन्दा निकै ढिलो गरे ।

विमानस्थल पुगिसकेपछि पनि विदाईको हात हल्लाउन हतार गरेनन् । विदाईका लागि विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्चपदस्थहरुसँग केही समय बिताए । नेपाल प्रहरीको सांस्कृतिक टोलीले गरेका विदाई नृत्य र सांस्कृतिक झाँकी ध्यानपूर्वक अवलोकन गरे । सुरक्षा अधिकारी र बालबालिकासँग समेत भलाकुसारी गर्न भ्याए ।
यो सबै गर्दा उनी बेइजिङ फर्कन पूर्वनिर्धारित तालिका भन्दा झण्डै दुई घण्टा ढिलो भए ।

जबकि, काठमाडौं आइपुगेको दिन उनको तालिका एकदमै व्यस्त थियो । अपराह्न ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनको ‘सेड्युअल’ अति व्यस्त थियो । विमानस्थलमा स्वागत र नेपाली सेनाको सलामी ग्रहणपछि उनी होटल पुगे । त्यहाँबाट राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतलनिवास गए । शीतलनिवासमा राष्ट्रपतिसँग शिष्टाचार भेटसँगै मन्त्रीहरुसहितको टोलीसँग द्धिपक्षीय भेटवार्ता गरे । त्यहीँ नै तीन बर्षका लागि नेपाललाई ५६ अर्ब रुपैंया बराबरको अनुदान सहयोग गर्ने घोषणा गरे ।

शीतलनिवासबाट होटल फर्केर चिनियाँ राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । अनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्मानमा दिएको राजकीय रात्रिभोजमा सरिक भए ।

भोलिपल्ट बिहान भने चिनियाँ राष्ट्रपतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग सामूहिक भेटवार्ता गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि उनी नेपाली र चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको द्धिपक्षीय वार्तामा सहभागी भएका थिए ।

अनौठो के भने बिहानदेखि मध्याह्नसम्मका यी कार्यक्रममा सरिक हुँदा पूर्वनिर्धारित तालिकाभन्दा ढिलो भइसकेका उनी विमानस्थल फर्कंदा हतारोमा देखिएनन् । “हामीलाई महामहिमज्यू ढिलो भइसकेकाले छिटो सवारी चलाउनुपर्ला झैं लागेको थियो, तर उहाँको सुरक्षा टोलीले बिस्तारै जाऊँ भनेपछि अचम्म लाग्यो”, एक सुरक्षा अधिकारीले देखापढीलाई भने ।

२५ असोजमा विमानस्थलबाट होटल सोल्टीतर्फ जाँदै चिनियाँ राष्ट्रपति सी को सवारी। तस्वीरहरू: गोपेन राई ।

चिनियाँ राष्ट्रपति आइपुग्दा विमानस्थलदेखि सोल्टी होटलसम्म करीब ७० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउने कार्यक्रम तय थियो । नेपाली र चिनियाँ दुवै सुरक्षा अधिकारीहरुले सवारीमा यसलाई ‘अकाट्य नियम’ झैं बनाएका थिए ।
उच्चपदस्थहरुको भ्रमणमा सवारी कुन गतिमा चलाउने भन्ने कुरा निकै महत्वपूर्ण मानिन्छ । सुरक्षाका कारण पूर्वनिर्धारित गतिमा थोरै पनि तलमाथि गर्न नहुने मान्यता हुन्छ । चिनियाँ राष्ट्रपति विमानस्थलबाट होटल आउँदा, होटलबाट शीतलनिवास पुग्दा र शीतलनिवासबाट होटल फर्कंदा यो नियम हुबहु पालना भयो ।

तर, होटलबाट विमानस्थल जाँदा भने अचानक यो नियम पालना गरिएन । कतिसम्म भने फर्कंदा चिनियाँ राष्ट्रपतिको सवारी प्रतिघण्टा ४०–४५ किलोमिटरको गतिमा मात्र चलाइयो । यस्तो किन त ?

२६ असोजमा स्वेदश फर्कने क्रममा होटल सोल्टीबाट त्रिभुवन विमानस्थलतर्फ चिनियाँ राष्ट्रपतिको प्रस्थान।

चिनियाँ राष्ट्रपति आउँदा र फर्कंदा चलाइएको सवारीको गति फरक भएको स्वीकार गर्दै निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले भने, “आउँदा साँझ परेको थियो, सुरक्षाका कारण चाँडो सवारी चलाउनुपर्ने थियो ।” उनले फर्कंदा भने त्यस्तो अबस्था नरहेको बताए । एआइजी कार्कीले भने, “सुरक्षा व्यवस्था राम्रो थियो, महामहिमज्यूले सडक किनारमा विदाई गर्न लामबद्ध सर्वसाधारणको हस्पिटालिटी हेर्न चाहेर पनि हो कि !”

कार्कीले संकेत गरे झैं चिनियाँ राष्ट्रपति सडक किनारमा विदाईका लागि लामबद्ध नेपालीलाई हेर्न चाहन्थे । यसको तयारी भने सोल्टी होटलमा राजकीय रात्रिभोज सम्पन्न भएलगत्तै शुरू गरिएको थियो ।

उच्च सरकारी स्रोतका अनुसार रात्रिभोज लगत्तै आफ्नो ‘सुइट’मा फर्केका राष्ट्रपति सीले आफूलाई दिइएको उच्च सम्मानका लागि आफ्नो तर्फबाट धन्यवाद सुनाइदिन चिनियाँ विदेश मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’मार्फत् परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई खबर गर्न लगाएका थिए । सोही राति नै सीले गरेको अर्को काम पनि थियो, जुन बाहिर आएन । “महामहिमज्यूले चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई बोलाएर ‘तपाईंहरुले आजका कार्यक्रम प्रत्यक्ष प्रशारण गर्नुभो ?’ भनेर सोध्नुभएछ, उनीहरुले गरेनौं भनेपछि भोलि जसरी पनि प्रत्यक्ष प्रशारण गर्नू भन्नुभएछ”, उच्च सरकारी स्रोतले भन्यो, “चिनियाँ सञ्चारमाध्यमले उहाँको फिर्ती सवारीलाई प्रत्यक्ष प्रशारण गरुन् भनेर विमानस्थलसम्म जाँदा सवारीको गति पनि कम गर्न लगाइएछ ।”

स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिले नेपाली अधिकारीहरुसमक्ष ‘नेपालीको हाँसोमा कुनै छलकपट नदेखेको’ भन्दै पटकपटक प्रशंसा गरेका थिए । “नेपालीको हाँसो बनावटी छैन, यो हाँसो प्रत्यक्ष प्रशारण गरेर चिनियाँ जनता र संसारलाई देखाउनू भनेर उहाँले आफ्नो देशका सञ्चारकर्मीहरुलाई भनेको जानकारी हामीले पाएका छौं”, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

राष्ट्रपति सीको यस्तो निर्देशनपछि हायलकायल बनेका चिनियाँ सञ्चारकर्मीहरुले रातभरको दौडधुपपछि बल्लतल्ल प्रत्यक्ष प्रशारण गर्ने चाँजोपाँजो मिलाएका थिए । त्यसको व्यवस्थापन भने नेपाल प्रहरीले गरिदिएको थियो । “राष्ट्रपतिको फिर्ती सवारीका क्रममा चिनियाँ सञ्चारकर्मीहरु प्रहरीको एउटा गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो, त्यहीकारण उनीहरुले होटलदेखि विमानस्थलसम्म सवारी हुँदा प्रत्यक्ष प्रशारण गर्न सके”, स्रोतले भन्यो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्