काठमाडौं। क्यालेण्डरमा आजको मिति देख्नासाथ दैलेखका २२ वर्षीय रमेश खत्रीलाई त्यही दिनको सम्झना आउँछ। क्यालेण्डर हेर्छन्। अनि हेर्छन् आफैँलाई। आफ्नै शरीरलाई। त्यो दिन नआइदिएको भए ?
त्यो दिन नआइदिएको भए उनी साँझपख नाइट बस चढेर घर जाने थिए। बुवा, आमा, भाइ, बहिनीसँग खुशी साट्नेथिए। तयारी गरिसकेका थिए नि।
२०७१ चैतमा उनी काठमाडौं आएका थिए केही पैसा कमाउन। काठमाडौंको बालाजुस्थित एउटा होटलमा काम पाए। एक महिनापछि पारिश्रमिक लिए।
हातमा पैसा परेपछि घर जाउँ, जाउँ लाग्यो। रत्नपार्क पुगेर बुवा, आमा, भाइ, बहिनी सबैलाई उपहार किने। पहिलो कमाईको उपहार। भुकम्प नआएको भए १२ बैशाख साँझ नाइट बसर चढेर घर जाने थिए।
१२ वैशाखको मध्याह्न। आठ तले गेष्ट हाउसको दोस्रो तलामा खाना खान थालेका थिए। त्यहीबेला आइदियो भुकम्प।
“खाना खान थालेका थियौं। एक्कासी जमिन हल्लिन थाल्यो। हामी उठेर बाहिर निस्कन खोज्दै थियौं। तर, घर ढल्यो। कहाँ छु भन्ने पनि थाहा पाउन सकिन। पछि होस आयो। मलाई ६ तलाले पुरेको थियो। चिच्याएँ। कराएँ। म भित्रवाट बोलेको बाहिर सुनिएछ।उद्धार गरेर मलाई निकालियो। पेटभन्दा मुनि एकदमै दुखिरहेको थियो। गाडीमा राखेर हस्पिटल लगियो। त्यसपछि केही थाहै भएन”, उनले सम्झिने यत्ति हो।
महाराजगञ्जस्थि त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भयो। तीन दिनपछि होसमा आए उनी। उनीसँगै एउटै होटलमा रहेका करीब ३० जनाले त ज्यान नै गुमाएछन्।
होसमा आएपछि थाहा पाए, दुवै खुट्टा घुँडा भन्दा माथिबाट काटिएछन्। सारा खुशी क्षणभरमै भंग भयो।

“शुरुमा त खुट्टा छैन भन्ने विश्वास नै भएन। अझै हिँड्नसक्छु भन्ने लाग्थ्यो। तर खुट्टा त थिएन। सबैभन्दा बढी चिन्ता त घरमा कसरी भन्ने भयो। डाक्टर, नर्सले धेरै सम्झाउनुभयो। मैले त्यतिखेर सम्झाउने मान्छे र सहयोग गर्ने धेरै जना पाएँ”, उनी सम्झिन्छन्।
शुरुमा त उनले आफ्नो अवस्थावारे भन्ने हिम्मत नै गरेनन्। ‘जे हुन्छ हुन्छ’ भन्ने सोचे। भन्नु पनि कसरी? घरको जेठो छोरा उनी। वृद्ध हुँदै गएका बाआमालाई आर्थिक सहयोग गर्ने चाहनाले काठमाडौं हानिएका थिए। कसरी सुनाऊन् यस्तो दुखद खबर ?
तर, गाउँका जनप्रतिनिधीमार्फत् घरमा खबर पुगेछ। बुवा भारतमा थिए। केही दिनपछि आमा अत्तालिदै आईपुगिन् अस्पताल। उनलाई देखेर आमा बेहोस् नै भइन्।
“तर आमाबुवाको अगाडि म कहिल्यै पनि रोइनँ। बरु उल्टै उहाहरुलाई सम्झाउँथे। तर हिड्न मन लाग्थ्यो। आफ्नो अवस्था देखेर ट्वाइलेट गएर भने धेरै चोटि रोएँ त्यो बेला”, उनी भक्कानिँदै सुनाउँछन्।
अस्पतालमा रहँदा भने उनले धेरै सहयोगी र मनकारी व्यक्ति पाए। उनीहरुले उनलाई ढाडस दिए। आत्मविश्वास बढाउने काम गरे। लामो समयको उपचारपछि उनको गोडाको घाउ र पेटमा गरेको अपरेसनको घाउ निको भयो। तर खुट्टा त काटिइसकेको थियो। अन्ततः उनको सहारा बन्यो ह्वीलचियर।
केही संस्थाहरुले उनलाई निकै सहयोग गरे। खाने-बस्नेदेखि हस्पिटल फलोअपका लागि जानेसम्मको व्यवस्था मिलाइदिए। कृत्रिम खुट्टा लगाउने प्रक्रिया पनि उनीहरुले नै अघि बढाईदिए। त्यतिखेर उनलाई विश्वका धेरै व्यक्तिको जीवनी सुनाउँदै उत्साह दिने मान्छे धेरै थिए। भन्छन्, “यसमा म आफुलाई निकै भाग्यमानी ठान्छु।”
फेरिएको उनको लक्ष्य
प्रारम्भिक उपचारपछि उनी खगेन्द्र नवजीवन विशेष माध्यामिक विद्यालयमा कक्षा ८ मा भर्ना भए। विआइए फाउण्डेशनको होस्टेलमा उनी बस्न थाले।
त्यहाँ पुगेपछि उनले स्विमिङ प्रतियोगिताबारे थाहा पाए। शुरुमा स्विमिङ सिक्न थाले। बास्केट बल पनि खेल्न थाले। बिस्तारै खेलमा आफूलाई अघि बढाउँदै लगे।

“भूकम्पले मेरो जीवनमा आमूल परिवर्तन गर्यो। खुट्टा काटियो तर मेरो जीवन लक्ष्य पनि फेरियो। पहिला पैसा कमाउने मात्र सोच्थेँ अहिले नाम कमाउनेतिर सोच्छु। पैसा कमाएर घर पठाउन त सक्दिन तर गेम खेल्छु, राम्रै गरिरहेको छु। बुवा आमा पनि मेरो सफलतामा खुशी नै हुनुहुन्छ”, केही सन्तुष्टिको सास फेर्छन् उनी।
बास्केट बल र स्विमिङमा भाग लिएर उनले दुई दर्जनभन्दा बढी मेडल पाईसकेका छन्।
“विदेश समेत गएर गेम खेलेको छु। कतिमा सफलता पाएँ कतिमा असफलता पाएँ। तर पनि सिक्दै छु। हिम्मत जुटाउदै छु। खेलकुदवाटै केही गर्छु भन्ने उद्देश्य छ”, उनी भन्छन्।
स्विमिङ सिक्नकै लागि उनी जापान पुगेका छन्। त्यस्तै नेसनल पारा ओलम्पिक कमिटिबाट इन्डोनेसिया पुगे। केही समय अघि मात्र उनी अल्फा स्किनमा भाग लिन कोरिया पनि पुगे।

“मेरो सपना नै पारा ओलम्पिकमा भाग लिने हो। स्विमिङमै करिअर बनाउने सोच छ मेरो। अहिलेसम्म पनि काठमाडौं लायन्स क्बल प्रभु आरटीका अध्यक्ष जस्मिन श्रेष्ठ र पुजा गुरुङले सहयोग गरिरहनुभएको छ। तर मेरो सपना पुरा गर्न अझै धेरै सहयोगको आवश्यक पर्छ”, रमेश भन्छन्।
नेपालमा स्विमिङका लागि अझै पनि उपयुक्त वातावरण नभएको उनको गुनासो छ। हिउँदका ६ महीना स्विमिङ अभ्यास गर्न नपाइने दुखेसो पोख्छन् उनी।
केही पैसा कमाउन काठमाडौं पसेका उनी भूकम्पपछि जीवन लक्ष्य नै बदलेर अघि बढिरहेछन्।
शरीर हिजोजस्तो छैन। भूकम्पको निशानी बोकेर बाँचिरहेछन्। तर अगाडि बढ्न अडिग छन्। भन्छन्, “एकदिन त मर्नु नै छ। यो विचको जीवन नहारेर, खुसी भएर बाँच्नुपर्छ।”