एउटै बस्तीका २४ जनामा संक्रमण देखिनु भनेको कति ठूलो जोखिम हो? यसले कति ठूलो चुनौती ल्याउन सक्छ? अनि यो जोखिम न्यूनीकरण र नियन्त्रणका लागि सरकारले के गर्दैछ? हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग यसबारे कुराकानी गरेका छौं। प्रस्तुत छ, डा. कार्कीसँग देखापढीका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः
एउटै बस्तीका २४ जनामा संक्रमण पुष्टि हुनुले नेपालमा संक्रमणको अवस्था भयावह बन्न थाल्यो भन्ने हो?
अहिले उदयपुरमा देखिएका संक्रमित चाहिँ निश्चित समुदायभित्रका हुन्। जो संक्रमित व्यक्ति बाहिरबाट आएका थिए, उनीहरुको नजिकको सम्पर्कमा भएका अरु व्यक्तिमा मात्र संक्रमण देखिएको छ। यसले के देखाउँछ भने अहिले पनि हामी दोस्रो चरणमा नै छौं। निश्चित समुदायभित्रकै व्यक्तिमा देखिएकाले अन्य समुदायसम्म संक्रमण फैलिइसकेको अवस्था छ भन्ने देखिएको छैन। अहिलेसम्मको अवस्थालाई अध्ययन गर्दा के देखिन्छ भने हाम्रो संक्रमण नियन्त्रण बाहिर गइसकेको छैन।
निश्चित बस्तीमा देखिए पनि यसले सबै समुदाय स्तरसम्म संक्रमण फैलिन सक्ने जोखिम त रह्यो नि होइन र ?
हो। यसले के संकेत चाहिँ गर्यो भने समुदायमा यो रोग फैलिन सक्छ कि भन्ने जोखिम चाहिँ देखियो। अहिलेसम्म एउटा संस्कृति मान्ने समुदायको बस्तीमा देखिइसकेपछि बाहिरी रुपमा पनि जान सक्ने जोखिम चाहिँ उच्च देखिएको छ। त्यसैले पनि हामीले अहिले यो बस्ती क्षेत्रलाई उच्च निगरानीमा राखेर आवागमन नै बन्द गरेर सुरक्षाका सबै उपाय थालिसकेका छौैं। अहिले उदयपुर जिल्लालाई पुरै सिल गरेर त्यहाँ सबै मानिसको दु्रत रुपमा स्वाबको नमूना संकलन गरेर परीक्षणको काम अघि बढाइएको छ।
हिँजो पनि संक्रमित बस्ने समुदायका नजिकका करीब ३०० मानिसहरुको स्वाब संकलन गरेर परीक्षण भइरहेको छ। हामी निकै चनाखो भएरै काम गरिरहेका छौं।
संक्रमण थप फैलिन नदिनका लागि थप के के गर्नुपर्छ ?
संक्रमण अहिले जति छ, त्यतिमै सीमित राख्नकै लागि नै अहिले उदयपुर जिल्ला नै सिल गरिएको हो। संक्रमित भेटिएको बस्तीलाई सबैभन्दा उच्च निगरानीमा राखेर त्यहाँ कडाइ गरिएको छ। त्यहाँ उनीहरुलाई चाहिने स्वास्थ्य सामाग्रीसहित दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराउने तर्फ स्थानीय, प्रदेश र संघीय सरकारका सबै संयन्त्र परिचालन भएका छन्। नेपाली सेनासहितका सुरक्षाकर्मीहरुको टोली खटिएर पनि त्यहाँ काम गरिरहेको छ। महामारी नियन्त्रणको सबै खालका उपाय अपनाएर काम अघि बढाइएको छ।
अहिले त्यहाँ संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई अस्पतालमा भर्ना गर्नै पर्ने अवस्थाका बिरामी नभए पनि हामीले सबैलाई कडा निगरानीमा अस्पतालको आइसोलेसनमा राखेका छौं।
त्यहाँ अझैं थप संक्रमित हुन सक्छन्?
त्यहाँको बस्ती नै निकै घना रहेछ। त्यसैले पनि त्यहाँ संक्रमणको जोखिम धेरै देखिएको हो। हामीले त्यो बस्ती र आसपासका करीब ५ सय घर परिवारलाई नै निगरानीमा राखेका छौं। सबैको स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने काम भइरहेको छ। बस्ती बाक्लो भएकाले पनि अहिले देखिएका संक्रमितबाट अरुमा पनि सरेको हुन सक्छ। अवस्थालाई नियन्त्रणमा राखेर संक्रमणको जोखिम कम भन्दा कम मानिसमा सीमित गर्नेगरी काम गरिरहेका छौं। अहिले परीक्षणका लागि नमूना संकलन गरिएका उक्त समुदायका अन्य केही व्यक्तिहरुमा पनि संक्रमण हुन सक्ने अवस्था चाहिँ देखिएको छ। ट्रेसिङ, टेस्टिङको दायरा बढाएर अबको १५ दिन उक्त बस्तीलाई नै उच्च निगरानीमा राखेर सबै संयन्त्रले काम गर्नुपर्ने देखिन्छ।
" />

">