काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको तेस्रो मुलुकसम्मको पहुँचलाई विस्तार गरेको दावी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालको समुद्रसम्मको पहुँचलाई विस्तार गरेकाले नेपालले विकल्प पाएको उनले बताए ।

भारततर्फ इंगित गर्दै नेता नेपालले भने, “एकतर्फबाट मात्रै नेपाल समुद्रसँग जोडिँदा बेलाबेलामा नेपालको स्वतन्त्रतामा नै प्रश्न उब्जिने समस्यालाई अब विकल्प प्राप्त भएको छ।”

उत्तरी छिमेकी चीनतर्फको नाका हाललाई अप्ठेरा भए पनि नेपालसँग विकल्प हुनु ठूलो उपलब्धि भएको उनको मत छ ।

“हिमशृंखलालाई छिचोलेर चीनबाट नेपाल आउन सहज छैन”, नेता नेपालले भने, “यस्तो असहज बाटोबाट पनि चीनबाट नेपालमा सडक, रेल सञ्जाल विस्तार गर्ने सहमति गर्नु नेपालका लागि रणनीतिक महत्वको विषय हो।”

चिनियाँ राष्ट्रपति सीले चीनले थालनी गरेको काम जसरी पनि सम्पन्न गर्छ भनेर नेपालीलाई आत्मबल प्रदान गरेको उनले उल्लेख गरे ।

देखापढीसँग विशेष कुरा गर्दै नेकपाका नेता नेपालले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा दुई देशले एक अर्काको मनोभाव बुझ्ने अवसर प्राप्त गरेको बताए।

“नेताहरुका माध्यमबाट राष्ट्रको मनोभावना प्रकट हुन्छ”, नेता नेपाल भन्छन्, “सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध विश्वासका आधारमा खडा भएको सन्देश दिएको छ।”

नेपालीहरु लामो समयदेखि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको प्रतिक्षामा रहेको बताउँदै नेपालले भने, “राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालको शान विश्वमा बढेको छ।”

सीको भ्रमणले चीनले नेपाललाई महत्वका साथ हेरेको सन्देश अन्तर्राष्ट्रिय जगतमा गएको उनको धारणा छ।

“चीनका लागि नेपालको महत्व बढेको छ”, नेता नेपालले भने, “महत्व बढ्दा सम्पर्क पनि विस्तार हुन्छ।”

आवश्यकताको बोधले सम्पर्क बढ्ने बताउँदै नेता नेपालले राष्ट्रपति सीको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

सीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको चर्चा भएको भन्दै नेता नेपालले भने, “नेपाललाई यो भ्रमणले फाइदा पुगेको छ ।”

चीनबाट नेपालले धेरै लाभ लिने सम्भावना रहेकोले त्यसका लागि बाटो खुलेको उनले बताए ।

सीको भ्रमणले नेपाल चीनतर्फ फर्कियो भन्ने विश्लेषणलाई कटाक्ष गर्दै उनले भने, “कुनै देशको राष्ट्र–प्रमुख आउँदैमा नेपाल उही देशतर्फ फर्कियो भन्ने विश्लेषण हिनताबोध मात्रै हो।”

उनको प्रश्न थियो, “के नेपालमा दश देशका राष्ट्र–प्रमुख भ्रमणमा आए नेपाल दशवटै देशतिर फर्कियो भन्ने?”

नेपालको सबै देशसँग समान सम्बन्ध राख्ने परराष्ट्र नीति भएकाले नेपालले सबै देशलाई उत्तिकै महत्व दिने उनको जिकिर थियो।

"> ‘हामी चीनतिर फर्केका होइनौं, भारतसँग मात्रै निर्भर हुनु नपर्ने अवस्थामा पुगेका हौं’: Dekhapadhi
‘हामी चीनतिर फर्केका होइनौं, भारतसँग मात्रै निर्भर हुनु नपर्ने अवस्थामा पुगेका हौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्