काठमाडौं। उनी हिमाल चढ्न सक्दैनन्। तर क्यामराको लेन्सले हिमाललाई आफू नजिक तानेर शिखर आरोहणको महसूस गर्छन् ।

उनी यसमै रमाउँछन्। यसबाटै उनलाई भरपूर आनन्द मिल्छ।

हिमाललाई क्यामरामा कैद गर्न निस्कँदा मिचेल मी आफूलाई एउटा आरोहीझैं ठान्छन्।

फ्रान्सेली नागरिक मिचेलले नेपाली जनजीवन र हिमाललाई क्यामरामा कैद गर्न थालेको १५ वर्ष भइसक्यो।

“मलाई हिमाल मन पर्छ,” मिचेल भन्छन्, “हिमाल नजिक पुगेर फोटो खिच्दा चुचुरोमै पुगेको अनुभव हुन्छ, जसले मलाई आनन्द दिन्छ।”

अहिले उनी फोटो हेरेरै नेपालका हिमालहरू चिनिदिन्छन्। त्यति मात्रै होइन, फोटो देख्नासाथ त्यस हिमालको उचाइ र त्यहाँको भौगोलिक बनावट एवं वातावरणबारे भन्न सक्छन्।

नेपाली हिमाललाई मिहीन अध्ययन गरेका मिचेल कुनै समय हिमाल आरोही बन्ने सपना बुन्थे।

बाल्यावस्थामा टेलिभिजन हेर्दै गर्दा देखिने हिमालका दृश्यले उनलाई लोभ्याउँथ्यो। त्यतिबेला उनको जीवनको लक्ष्य नै ‘हिमाल चढ्नु’ थियो।

युवावस्थामा पुगेपछि फ्रान्सकै हिमाल चढ्ने उनले कोशिस पनि नगरेका होइनन्। तर, सफल भने हुन सकेनन्।

हिमाल चढ्ने उनको सपनामा पूर्णविराम लाग्यो। कारणः हिमाल चढ्ने क्रममा उनी दुर्घटनामा परे। हात र खुट्टामा स्टील हाल्नुपर्ने अवस्था आयो।

त्यसपछि उनको हिमाल चढ्ने रहर केबल रहरमै सीमित हुन पुग्यो।

मनले ‘हिमाल चढ्’ भन्थ्यो तर, शरीर उक्लिन सक्दैनथ्यो। तर, पनि हिमालको मोहले भने उनलाई छाडेन।

त्यसैले आरोही बन्ने रहर पूरा नभए पनि हिमाललाई क्यामराको लेन्सबाट नजिक ल्याउने कोशिस उनले गरिरहे।

विश्वका हिमालबारे अध्ययन थाले। उनले नेपालका हिमालबारे पनि थाहा पाए।

फ्रान्सेली टेलिभिजनबाट नेपालको हिमालबारे बनेका डकुमेन्ट्री पनि हेरेका थिए। तिनै डकुमेन्ट्रीले उनलाई नेपालसम्म तान्यो ।

सन् २००५ मा दिदीको सहायतामा उनी पहिलोपटक नेपाल आएका थिए। त्यतिबेला नेपालका हिमाली जिल्ला घुमेर उनले तिनलाई क्यामरामा कैद गरे।

उनलाई नेपाली र यहाँको संस्कृति पनि त्यत्तिकै प्रिय लाग्छ। हिमाल मात्रै होइन, नेपालीको भेषभूषा, रहनसहन पनि उनले कैद गरेका छन्।

मिचेल हरेक वर्ष नेपाल आउँछन्। फोटो खिच्छन्। अनि ती तस्वीरलाई फ्रान्स र अन्य देशमा प्रदर्शनीमा राख्छन्।

यस वर्ष पनि उनी नेपाल आइपुगेका छन्। तर, यसपालि उनी तस्वीर मात्रै कैद गर्न आएका होइनन्।

१५ वर्षको दौरानमा देखेको नेपाल, नेपालीलाई नै देखाउन उनी यहाँ आएका हुन्।

ललितपुरको पाटन संग्रहालयभित्र मिचेलले कैद गरेको नेपालका फोटोहरूलाई प्रदर्शनीमा राखिएको छ। योङ पिकासोले ‘फिप्टिन इयर्स इन नेपाल’ शीर्षकमा फोटोहरू प्रदर्शनीमा राखेको हो।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरिसकेको छ। यस भ्रमण वर्षलाई सफल बनाउन राज्यस्तर तथा व्यक्तिगतरूपमा पनि धेरै प्रयासहरू भइरहेका छन्।

यही बेला तस्वीरमार्फत् नेपालको विश्वभर प्रचार गर्न योगदान दिएका मिचेलले कैद गरेका तस्वीरहरू थप प्रचारप्रसारका लागि प्रदर्शनीमा राखिएको योङ पिकासोका निर्देशक अजय देशारले बताए।

प्रदर्शनी ८ कात्तिकसम्म चल्नेछ।

" /> काठमाडौं। उनी हिमाल चढ्न सक्दैनन्। तर क्यामराको लेन्सले हिमाललाई आफू नजिक तानेर शिखर आरोहणको महसूस गर्छन् ।

"> नेपालका हिमाल बोकी हिंड्ने फ्रान्सेली: Dekhapadhi
नेपालका हिमाल बोकी हिंड्ने फ्रान्सेली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्