डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव
डडेलधुरा । डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका जनशक्तिको पदपूर्ति हुन सकेको छैन ।

दरबन्दीअनुसारका चिकित्सक र अन्य स्वास्थ्यकर्मी नहुँदा सात जिल्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

अस्पतालमा सरकारको तर्फबाट १०८ को दरबन्दी भए पनि ३७ मात्र पदपूर्ति भएको छ ।

त्यस्तै, अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भएको छ ।

अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, तीन जना मात्र विशेषज्ञ चिकित्सक छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्