पर्वत अस्पतालमा भाइरलका बिरामी बढे
पर्वत। पर्वत अस्पतालमा मौसम परिवर्तनसँगै सिजनल भाइरलफ्लूका बिरामी बढेका छन्।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले पछिल्ला केही दिनमा दैनिक १०० बढी भाइरल संक्रमित बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेको बताएका छन्।

उनीहरुमा लगातार उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखिएको छ।

अघिपछि पनि भाइरलको सङ्क्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने सङ्क्रमण उच्च हुने डाक्टरले बताएका छन्।

कतिपय बिरामीले चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधिको प्रयोग गरेकाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने डा. देवकोटाको सुझाव छ।

भाइरलका बिरामीहरुलाई झोलिलो खानेकुरा खान, घरमै आराम गरेर बस्न चिकित्सकको सल्लाह छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्