स्थानीय सरकारको सक्रियतामा निःशुल्क रगत सेवा <p>विगतमा ७७० रूपैयाँ प्रतिपिन्ट शुल्क लिंदै आएकोमा स्थानीय तहले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्क रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टले जनकारी दिएका छन् । &nbsp;</p> <p>उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहले हालसम्म केन्द्रलाई पाँच लाख ५० हजार रूपैयाँ उपलब्ध गराएका छन् ।&nbsp;</p> <p>&ldquo;निरन्तर सहयोग गर्ने स्थानीय तहले प्रतिबद्धता गरेपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्क दिन थालेका छौँ&rdquo;, उनले भने, &ldquo;विपन्न र आर्थिक अभाव भएका बिरामीले सहजरुपमा रगत पाउने भएका छन् ।&rdquo;&nbsp;</p> <p>उक्त केन्द्रबाट वार्षिक ६०० देखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्