प्रधानमन्त्री भए लगत्तै देउवाले सरुवा गरेका प्रा.डा.जागेश्वर गौतम भन्छन्– वीरमा प्राइभेट अस्पतालको चलखेल सफल भएछ काठमाडौं।प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख सल्लाहकार प्रा.डा.जागेश्वर गौतमले निजी अस्पतालहरुले वीर अस्पतालमा चलखेल गर्न सफल भएको बताएका छन्।गौतमलाई प्रधानमन्त्री भएलगत्तै शेरबहादुर देउवाले वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाएका थिए।“वीर अस्पतालमा तीन दिनमा १०० बेड आइसीयू चलाउने तयारी पूरा भएको थियो, मलाई छोड्न बाध्य पारिएको १२ दिन पछि पनि ३५ बेड मात्र? प्राइभेट अस्पतालको चलखेल सफल भएछ’,ट्वीटमा भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्