जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन सर्वाेच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले हिँड्न नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आज सरकारको नाममा सो आदेश दिएको हो।नेपालको संविधानको धारा३५(३)ले प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रत्याभूत गरेको र धारा४१ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुने भन्ने आधारमा सो निवेदन दायर भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्