अघिल्लो सरकारको पालामा ४२ लाखले मात्रै खोप लगाएका थिए : राज्यमन्त्री श्रेष्ठ काठमाडौं।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारका पालमा जम्मा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखले मात्रै लगाएकाे बताएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुगेकाे जानकारी दिए।हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाइरहेको उनले जानकारी दिए।असोज मसान्तभित्र १ करोड ८लाख खोप प्राप्त हुने सुनिश्चित भएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्