सर्वोच्चको आदेश– कोरोना संक्रमितको उपचार शुल्क अनुगमन गर्नू काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारमा अत्यधिक शुल्क लिएको भन्दै शुल्कको अनुगमन र नियमन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। संक्रमितको उपचारका लागि निजी स्वास्थ्य संस्थाहरुले अत्यधिक शुल्क लिँदा नागरिक विचल्लीमा परेको भन्दै रिट दर्ता भएको थियो।सर्वोच्च अदालतले तीन महिनाभित्र आदेश कार्यान्वयन गराउन भनेको छ।सर्वोच्चले निःशुल्क उपचार गर्ने घोषणाप्रति सचेत हुन ध्यानाकर्षण गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्