आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल काठमाडौं।जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ।सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा.राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको हो। बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा.साहले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्