४५ लाखभन्दा बढीले लगाए कोभिडविरुद्धको पहिलो खोप काठमाडौं। बि.स. २०७८ साल साउन २५ गतेसम्म ४५ लाख २५ हजार नेपालीले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म कुल २६ लाख ६ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको बताए। गत असारसम्म २६ लाख ७९ हजारले पहिलो र ११ लाख १२ हजारले पूर्ण मात्रा खोप लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्