तौल घटाउन जौँको जुस
सन्तुलित भोजन र पर्याप्त व्यायाम तौल घटाउने उपयुक्त माध्यम हुन्। यसका साथै अन्य स–साना थुप्रै कुराहरूले छिटो तौल घटाउन सघाउँछ।

जाैँको जुस त्यसमध्ये एक हो। गहुँ, जाैँ लगायत श्रेणीमा पर्ने जौँमा फाइबर भरपुर मात्रामा पाइन्छ। यो जौँ स्वस्थकर पनि हुन्छ।  यदि तपाईं तौल घटाउन चाहानुहुन्छ भने जौँको जुस तपाईंका लागि उपयुक्त हुन सक्छ।

जौँको गेडामा पोषणको ‘पावरहाउस’ हुन्छ। जौँमा धेरै क्यालोरी हुन्छ तर, यसमा फ्याट कम हुन्छ। जौँको जुसमा हुने फाइबरले खाना सजिलै पचाउन सघाउँछ। यसले मानिसलाई लामो समयसम्म अघाएझैं महसुस गराउँछ, जसले गर्दा तपाईंलाई अनावश्यक जंक फुड र स्न्याक्सबाट टाढा राख्छ । टाइम्स अफ इन्डियाले लेखेको छ ।

आधा कप पकाइएको जौँमा पोषणको मात्राः

क्यालोरीः ९६

फ्याटः १ ग्राम

स्याचुएटेड फ्याटः १ ग्राम

कार्बाेहाइड्रेडः २२ ग्राम

प्रोटिनः २ ग्राम

डायटरी फाइबरः ३ ग्राम

सोडियमः २ मिलीग्राम

म्याङ्गनिजः १ मिलीग्राम

जौँको जुसको फाइदा
१. हरेक दिन जौँको जुस सेवन गर्नाले तपाईंको कोलेस्ट्रोललाई सन्तुलन रहन्छ।

२. यसले शरीरको सुगर लेभल सन्तुलन गरिदिन्छ। डायबेटिज भएकाहरुका लागि यो फाइदाजनक हुन सक्छ।

३. जाैँको जुसमा भिटामिन र एन्टीअक्सीडेन्ट पर्याप्त हुने भएकाले यसले स्वस्थ कोषिका बढाउन मद्दत गर्छ। यसमा भएका फलाम, कोपर र म्याङ्गनिज फाइदाजनक हुन्छ।

कसरी बनाउने जाैँको जुस?

आवश्यक सामग्रीहरुः

जौँका दाना – १ कप

पानी – १.५ लिटर

कागतीको रस– २ टेबल चम्चा

मह– १ टेबल चम्चा

दालचिनी– १ वटा

जुस बनाउने तरिका

१.  एउटा भाँडामा १.५ लिटर पानी राख्ने र त्यसमा आधा कप जौँका दाना र एउटा दालचिनी राखेर उमाल्न राखिदिने।

२. यो मिश्रणलाई आधा घण्टा (३० मिनेट) सम्म उमाल्नुपर्छ।

३. आधा घण्टापछि ग्यास बन्द गरी जौको पानीलाई चिसिन दिनुहोस्।

४. चिसो भएपछि यसलाई छानेर जौँको पानीलाई अलग्गै राख्नुहोस् र त्यसमा कागतीको रस र मह मिसाउनुहोस्। तपाईंको जाैँको जुस तयार हुन्छ।

तपाईंले एकैपटक धेरै बनाएर रेफ्रिजिरेटरमा स्टोर गरी लामो समय प्रयोग गर्न सक्नुहुनेछ।

कसरी खाने ?
तपाईंले दिनको दुईपटक यो जुस सेवन गर्न सक्नु हुनेछ। जौँको जुसको फाइदा धेरै लिनको लागि कुनै पनि समयमा तपाईंले सेवन गर्न सक्नुहुन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्