भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्