कोभिशिल्डको पहिलो डोज लगाएका करिब १४ लाखलाई भोलिबाट दोस्रो डोज दिइने काठमाडौं।एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’को पहिलो डोज लगाएका १४ लाख जनालाई सोमबारबाट दोस्रो डोज दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पहिलो डोज लगाएर लामो समयदेखि कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेकाहरु अधिकांश ६० वर्षभन्दा माथिका छन्।भारतसँग खरिद गरिएको खोप नआएपछि उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन्।जापान र भुटानबाट खोप आएपछि सरकारले दोस्रो डोज लगाउने कार्य सुरु गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्