भारतमा ५० करोडभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप काठमाडौं। भारतका ५० करोडभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म भारतमा ५० करोड १० लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन्। यीमध्ये पछिल्लो २० दिनमै १० करोडभन्दा धेरैले खोप लगाएका छन्। भारतभरमध्ये उत्तर प्रदेशमा सबैभन्दा धेरै ५ करोड २८ लाख जनाले खोप लगाएका छन्। त्यस्तै, महाराष्ट्रमा ४ करोड ५९ लाख र गुजरातमा ३ करोड ५० लाख जनाले खोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्