जापानबाट आइपुग्यो ५ लाख ४८ हजार कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप काठमाडौं। कोभ्यासमार्फत जापानले नेपालको लागि उपलब्ध गराएको कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप ५ लाख ४८ हजार खोप आज काठमाडौं आइपुगेको छ। थप २ लाख ५२ हजार खोप भोलि काठमाडौं आइपुग्ने बताइएको छ। शनिबार आएको खोप जापानी राजदूत किकुता यातुकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। जापानले कोभ्यासमार्फत नेपाललाई १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्