भीड हुन थालेपछि खोप केन्द्र थप काठमाडाैं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।उनकाअनुसार देशभरि एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो।पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ।यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्