रोल्पामा बढ्दै भाइरल ज्वरोका बिरामी काठमाडौं। रोल्पामा कोरोना संक्रमण घटे पनि भाइरल ज्वरोका कारण जनजीवन अस्तव्यस्त भएको छ। अत्यधिक ज्वरो आउने, रुघाखोकी र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो। रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन्। जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्