स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्ति कालो धन संस्थागत गर्ने प्रयासः डा. गोविन्द केसी काठमाडौं। अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीमा शिक्षा तथा स्वास्थ्य व्यवसायी उमेश श्रेष्ठको नियुक्ति सरकारको कालो धन संस्थागत गर्ने प्रयास भएको बताएका छन्। आज सरकार समक्ष पाँच बुँदे माग राख्दै उनले भने, ‘स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभई अरू दसौँ वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रूपमा भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्