चीनको खोप कूटनीतिः यसवर्ष २ अर्ब डोज कोरोना खोप विश्वभर पुर्‍याउने एजेन्सी।चीनका राष्ट्रपति सी चिनफिङले यो वर्ष विश्वभर २ अर्ब डोज कोराना खोप वितरण गर्ने प्रयास रहने बताएका छन्।यसमा कति बिक्री र कति अनुदान सहयोगमा उपलब्ध गराउने भन्नेबारे भने उनले केही खुलाएका छैनन्। चीनले हालसम्म ७० करोड डोज खोप विभिन्न देशमा पठाइसकेको छ।यसको अलवा चीनले १० करोड अमेरिकी डलरको खोप कोभ्याक्स कार्यक्रममार्फत विभिन्न देशलाई उपलब्ध गराउने घोषणा समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्