काठमाडौंमा अत्यावश्यक सेवाका कार्यरत व्यक्तिहरु भेरोसेलको खोप लगाउन कहाँ जाने ? काठमाडौं।सरकारले आजबाट देशैभर कोरोनविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने कार्यक्रम सुरु गर्दैछ।खोप कार्यक्रम १० बजेबाट सुरु हुनेछ।काठमाडौं महानगरपालिकाले अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि विशेष स्थानमा खोप उपलब्ध गराउने जनाएको छ।महानगरका अनुसार अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुलाई सामाखुसीस्थित राधाश्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल,नयाँ बानेश्वरस्थित निजामती अस्पताल,टिचिङ अस्पताल,थापाथलीस्थित प्रसूति गहृ,बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा खोप लगाउने व्यवस्था मिलाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्