नेपाल मास्क अभियान सञ्चालन गरिने काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्