भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजबाट देशैभर दोस्रो डोज दिइने काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट देशैभर भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु गर्दैछ।चीनमा निर्मित भेरोसेलको पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुलाई आजबाट दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दामाथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो।उनीहरुलाई आज देखि खोपको दोस्रो डोज दिन लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्