छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित काठमाडौं। कोरोनाको दोस्रो लहरबीच काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ। बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्