कोरोनाको ‘बुस्टर’ खोप रोक्न डब्लुएचओको आव्हान
बीबीसी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाविरुद्धको ‘बुस्टर’ खोप रोक्न आव्हान गरेको छ।कम्तिमा सेप्टेम्बरसम्म बुस्टर खोपलाई रोक्न डब्लुएचओका प्रमुख टेड्रोस एधानोम गेहब्रेससले आव्हान गरेका हुन्।प्रत्येक देशका १० प्रतिशत जनताले खोप नपाएसम्म बुस्टर खोप रोक्नुपर्ने उनले बताएका छन्।इजरायलले बुस्टर खोप लगाउन सुरु गरिसकेको छ भने जर्मनी र बेलायतले पनि बुस्टर खोप दिने घोषणा गरेका छन्। कोरोनको खोपको तेस्रो डोजलाई बुस्टर डोज भनिएको हो।
प्रतिक्रिया दिनुहोस्
