भोलिबाट काठमाडौंका सबै पालिकाका वडामा भेरोसेलको दोस्रो डोज दिइने काठमाडौं।भोलिबाट काठमाडौं महानगरपालिकाकासहित काठमाडौंका १० वटा नगरपालिकाका सबै वडामा भेरोसेलको दोस्रो डोज दिइने भएको छ।सबै वडाहरुमा खोप केन्द्रको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।भेरोसेलको पहिलो डोड लगाई २१ दिन पूरा भएकाहरुले साउन २४ गतेसम्म खोप लगाउन पाउने छन्।गत असार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्