विदेश जाने नेपालीलाई खोप लगाएको विद्युतीय प्रमाण पत्र आजदेखि कीर्तिपुरबाट दिइने काठमाडौं। विदेश जाने नेपाली नागरिकलाई कोभिड–१९ खोप लगाएको क्युआर कोडसहितको विद्युतीय प्रमाण पत्र आजबाट कीर्तिपुरबाट वितरण गरिने छ। कीर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट विद्युतीय प्रमाण पत्र वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। विस्तारै यो सेवा काठमाडौं उपत्यकाका अन्य स्थान र उपत्यका बाहिरका जिल्लाहरुमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्