८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी रासस। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ। कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्लान्ट जडान गर्न लागिएको मन्त्रालयले जनाएको छ। प्रदेशले धादिङ,काभ्रे,रसुवा,रामेछाप,दोलखा, ललितपुर, काठमाडौँ र चितवनका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्