मंसिरदेखि भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा काठमाडौं। भत्ताको माग गर्दैं वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसेका छन्। हिजोदेखि आन्दोलित उनीहरुले आज पनि धर्ना दिएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको भन्दै उनको सरुवा हुनुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन्। वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीले मङ्सिरदेखि भत्ता पाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्