कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरे पनि केही अस्पतालहरूले शुल्क लिइरहेको पाइएपछि त्यसो नगर्न मन्त्रालयले निर्देशन दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्