परीक्षा अगाडि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग काठमाडौं। नेपाल विद्यार्थी संघले(नेविसंघ)ले परीक्षा अगावै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेविसंघले परीक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउनुपर्नेमा जोड दिएको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनु अगावै विद्यार्थीको निःशुल्क कोरोना परीक्षण र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्