देशभरका कोरोना संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकामा काठमाडौं। हालसम्म नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये ३७.२८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म पीसीआर तथा एन्टिजेन दुवै परीक्षणमा देशभर कुल ७ लाख ५६ हजार ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये ३७.२८ प्रतिशत (२ लाख ८२ हजार १२८ जना) संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्। आज उपत्यकामा ७७५ जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्