भारतको केरलामा कोरोना आतंकः आधा सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश एजेन्सी। निरन्तर संक्रमण बढिरहेको भारतको केरला राज्यमा ५० प्रतिशत सरकारी कर्मचारीलाई मात्रै काममा बोलाउने आदेश दिइएको छ। राज्यका मुख्यमन्त्री पी. विजयनले संक्रमणलाई नियन्त्रणमा लिन आधा कर्मचारी मात्रै कार्यालय बोलाउने आदेश दिएका हुन्। सँगै माइक्रो कन्टेनमेन्ट क्षेत्र पनि सुचारु गर्ने घोषणा भएको छ। केरलामा केही दिन यता दैनिक २० हजारभन्दा धेरै र भारतभर पुष्टि हुनेमध्ये आधाभन्दा धेरै संक्रमित पुष्टि भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्