भारतको केरलामा खोप लगाउनेको अनुपात देशभरको औसतभन्दा धेरै एजेन्सी। निरन्तर चौथो दिन २० हजारभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको भारतको केरला राज्यमा कोरोनाविरुद्धको खोप लगाउनेको अनुपात भने देशभरभन्दा धेरै छ। भारतभर दोस्रो मात्रा खोप लगाउने ८ प्रतिशत मात्रै छन भने केरलामा ३५ प्रतिशतले पहिलो र १६ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। देशभरभन्दा धेरैको अनुपातमा राज्यमा खोप लगाउने भएपनि हाल भारतभर पुष्टि भइरहेकामध्ये आधाभन्दा धेरै संक्रमित केरलामा देखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्