भरतको केरलामा कोरोना आतंकः लगातार चौथो दिन २० हजारभन्दा धेरै संक्रमित एजेन्सी। दुई महिनाअघि कोरोना नियन्त्रणमा आएको घोषणा गरेको भारतको केरला राज्य सरकारले फेरि एक पटक कोरोना आतंकको सामना गर्दै छ। लगातार चौथो दिन राज्यमा २० हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन्। भारतभर पुष्टि भइरहेका कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै केरला राज्यमा भएको देखिएको छ। निरन्तर संक्रमण बढिरहेकाले राज्य सरकारले स्वास्थ्य सतर्कता अपनाउन राज्यका नागरिकलाई आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्