खोप नलगाई कतार जाने नेपाली कामदार अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने काठमाडौं। कतारको स्वास्थ्य मन्त्रालयले नेपालबाट कोरोना खोप नलगाई आउने कामदारले अनिवार्य १०दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियम जारी गरेको छ। नयाँ नियम अगस्ट २बाट लागू हुने मन्त्रालयले जनाएको छ। नेपालबाट जानेले कतार पुग्नेबितिकै पीसीआर परीक्षण गर्नुपर्ने र नतिजा नेगेटिभ आएपनि१०दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। कतारमै खोप लगाएका र कोरोना संक्रमण भइसकेकाहरुको हकमा भने पीसीआर टेस्ट नेगेटिभ आउने बित्तिकै होटलबाट निस्कन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्