महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै रासस। महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्। केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्