इजरायलले ६० वर्षभन्दा माथिकालाई कोरोनाको खोपको तेस्रो डोज दिने बीबीसी।इजरायलले ६० वर्षभन्दामाथिका जनतालाई कोरोना खोपको तेस्रो डोज दिने भएको छ।प्रधानमन्त्री नफ्ताली बेनेटले दोस्रो डोज खोप लगाएको पाँच महिना पूरा भएकाहरुलाई तेस्रो डोज खोप दिइने घोषणा गरेका हुन्।आउँदो आइतबारबाट तेस्रो डोजमा फाइजरको बस्टर दिइने छ। कोरोना खोपको पहिलो तेस्रो डोज राष्ट्रपति इसाक हर्जोगबाट सुरु गरिने बताइएको छ। सेप्टेम्बरमा ६१ वर्ष लाग्ने हर्जोगलाई आज कोरोना खोपको तेस्रो डोज दिइदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्