ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ। महानगरले २९ वटा वडामा ४५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गरेको हो। विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ। महानगरको सूचनाअनुसार खोप अभियान साउन १७ गतेसम्म सञ्चालन गरिनेछ। महानगरले साउन १८ गतेबाट जोन्सन एन्ड जोन्सन खोप अभियान पनि सुरु गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्