खोप लगाउन जनतालाई सास्ती, पहुँचवालालाई मस्ती काठमाडौं। सिभिल अस्पतालमा पहुँचवालाहरूले लाइन नबसी बिचमा छिरेर खोप लगाइएको पाइएको छ। बिहान सात बजेदेखि लाइन बसेका कपनका सन्देश लामिछानेले दिउँसो तिन बजेसम्म पनि पालो नआएको बताए। सरकारी कर्मचारी र पहुँचवाला लाइन नबसी खोप लगाएका कारण आफूहरू आठ घण्टा लाइन बस्नुपरेको लामिछाने बत्ताउँछन्। सातदोबाटोदेखि खोप लगाउन आएकी प्रमीला खड्काले आफ्नो मान्छेलाई प्राथमिकता राख्ने प्रवृत्तिले सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्