डेल्टा भेरियन्टमा फेरि उत्परिवर्तन, सबै उमेर समूहलाई असर पार्न सक्ने काठमाडौं। नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा फेरि उत्परिवर्तन आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुना परीक्षण गर्दा तीन वटा भेरियन्टमा थप परिवर्तन देखिएको हो। परीक्षण गरिएका नमुनाहरूमा डेल्टा भेरियन्ट (B.1.617.2) पुष्टि भएको थियो । तीमध्ये तीन वटामा थप उत्परिवर्तन K417N भएको हो। मन्त्रालयले संक्रमण उकालो लागिरहेको समयमा जोखिम बढेको भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्