विदेशमा बेखर्ची भएर फर्किएका नागरिकको क्वारेन्टिन शुल्क सरकारले बेहोर्ने काठमाडौं। विदेशबाट बेखर्ची भएर स्वदेश फर्किएका नेपाली नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। यसको लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्