मकवानपुर गढीमा १५ शय्याको अस्पताल निर्माण काठमाडौं। मकवानपुर गढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा ६ करोड ५७ लाख रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। पन्ध्र शय्याको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीले जानकारी दिए। स्थानीयको सहयोगमा प्राप्त जग्गामा गाउँपालिकाले विनियोजन गरेको बजेटमा अस्पताल बनेको हो। अस्पताल निर्माण तथा सञ्चालनलाई थप ३० लाख गाउँपालिकाले छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्