देशभर खोप लगाउनेको संख्या ४६ लाख ६१ हजार नाघ्यो काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत खोप लगाउनेको संख्या ४६ लाख ६१ हजार ९६३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या यति पुगेको हो। यीमध्ये पहिलो मात्रा (कोभिसिल्ड र भेरोसेल) लगाउनेको संख्या ३३ लाख ४९ हजार ५१ छ भने खोपको पूर्ण मात्रा लगाउनेको संख्या १३ लाख १२ हजार १२ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्