टेकुमा भीड बढेपछि चार अस्पतालमा खोप प्रमाणीकरण कार्ड वितरण हुँदै काठमाडौं। कोभिड १९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका चारवटा अस्पतालबाट खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ। टेकु अस्पतालमा मात्र वितरण गर्दा भीडभाड बढेपछि सरकारले आजदेखि चार अस्पतालबाट कार्ड बाँड्ने भएको हो। जसअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरणको कार्ड निःशुल्क प्रमाणीकरण गरिने खोप महाशाखाका प्रमुख झलक गौतमले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्