कोरोना महामारीमा विष सेवन गर्ने बढे काभ्रेपलाञ्चोक। जिल्लामा दोस्रो लहरको कोरोना महामारीको समयमा विष सेवन गर्नेको संख्या बढेको पाइएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा निषेधाज्ञाको समय मानसीक रुपमा कमजोर व्यक्तिले विष सेवन गरेको पाइएको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन्। उनकाअनुसार अस्पतालमा वार्षिक रुपमा ४ देखि ५ जना मात्र विष सेवन गर्ने बिरामी भर्ना हुने गर्थे। तर निषेधाज्ञाको समयमा भने विष सेवन गरेका२०जनाको उपचार गरिएको उनले जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्