नेपालमा कोरोनाको तेस्रो लहर नजिकिँदै, स्वास्थ्य मन्त्रालयले भन्यो– ‘स्वास्थ्य संस्थाहरुले पूर्वाधार चुस्तदुरुस्त राख्नु’ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिन नेपालमा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता व्यक्त गरेको छ। खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उल्लंघन हुँदा संक्रमितको संख्या बढेको मन्त्रालयको बुझाई छ। “संक्रमणको बढ्दो अवस्थाले चुनौतिपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनगर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैया लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्नुहुन अनुरोध समेत छ,” मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्